ad ad

राजनीति


सिंहदरबारमा कार्यदलको बैठक सकियो, बालुवाटारमा शीर्ष नेताहरू जुट्दै

सिंहदरबारमा कार्यदलको बैठक सकियो, बालुवाटारमा शीर्ष नेताहरू जुट्दै

नेपालखबर
जेठ १२, २०८१ शनिबार १८:४२, काठमाडौँ

सहकारीको रकम अपचनलबारे छानबिन गर्न बनाइने संसदीय समितिको टीओआर (कार्यादेश) बारे छलफल गर्न बनेको कार्यदलको बैठक सकिएको छ। 

शनिबार अपरान्ह सिंहदरबारमा बसेको बैठकमा सहमति नजिक पुगिएपनि टुंगोमा भने पुगिनसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए। 

‘नजिक नजिक पुग्यौँ, ठ्याक्कै सहमति भइसकेको छैन,’ उनले भने। 

शनिबारको बैठकमा भएको छलफलबारे आजै शीर्ष नेताहरूलाई ब्रिफिmङ हुने पनि उनले बताए। ‘बालुवाटारमा दलका शीर्ष नेताहरूसँग बस्नेछौँ, र यहाँ छलफल भएका विषय राख्नेछौँ,’ उनले भने। 

बालुवाटार बैठकबाटै अन्तिम निष्कर्षमा पुग्ने उनले बताए।

कार्यदलका संयोजकसमेत रहेका गिरीले शनिबार गृहजिल्ला पर्वतमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कुनै व्यक्तिको नाम किटान गरेर समिति बनाउन नसकिने दाबी गरेका थिए।

आज बेलुकीसम्म पनि सहमति नजुटे संसद्‌मा पेलेरै अघि बढ्ने योजनामा सत्तारुढ दल छन्।

सरकारले जेठ १५ गते बजेट ल्याउनै पर्नेछ। त्यसअघि संसद् खुलाएर वातावरण सहज बनाउन प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसमेत लागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .