राजनीति


कोसीमा मुख्यमन्त्री कार्कीले बोलाए डेढ महिनापछि संसद् अधिवेशन

कोसीमा मुख्यमन्त्री कार्कीले बोलाए डेढ महिनापछि संसद् अधिवेशन

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८० सोमबार १७:४९, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका छन्।

मुख्यमन्त्री कार्कीले आगामी वर्ष जेठ ११ गते बस्ने गरी प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुख खापुङसमक्ष सोमबार सिफारिस गरेका हुन्।

नेकपा एमाले र माओवादी केन्द्रले विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुखसमक्ष समावेदन पत्र दर्ता गराएलगत्तै कार्कीले डेढ महिनापछि बस्ने गरी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस गरेका हुन्। 

मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुखलाई लेखिएको सिफारिस पत्रमा गत चैत २६ गतेको मन्त्रिपरिषद्को निर्णयले अधिवेशन बोलाउन सिफारिस गरिएको जनाइएको छ।

सोमबार नै एमाले र माओवादीका ५२ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित खापुङसमक्ष विशेष अधिवेशन माग गरेका थिए।

प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम कोसी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई संकल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम उनीहरूले अधिवेशन माग गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .