राजनीति


पोर्चुगाली राष्ट्रपति मार्सेलो र मोदीबीच दिल्लीमा भेटवार्ता

पोर्चुगाली राष्ट्रपति मार्सेलो र मोदीबीच दिल्लीमा भेटवार्ता

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १२:३३,

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पोचुगालीका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसासँग राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गरेका छन्।

वार्ता पहिले दुवै नेताहरू भारत र पोर्चुगलबीच भएका सम्झौता आदानप्रदान समारोहमा उपस्थिति भएका थिए। नानो बायोटेक्नोलजी, उच्च शिक्षा लगायतका क्षेत्रहरुमा मार्सेलोको भ्रमणको क्रममा भारत र पोर्चगलबीच कम्तिमा सात सम्झौतापत्रमा हस्ताक्षर भएको छ भने अन्य केही सम्झौताहरूको पनि आदानप्रदान भएको छ।

मार्सेलो चार दिन लामो भ्रमणमा बिहीबार भारत आएका हुन्। उनीसँगै वैदेशिक मामिला मन्त्री प्राध्यापक अगस्टो सान्टोस सिल्भा, प्राध्यापक यूरोको ब्रिल्हन्टे डायस र र जोर्ज सेगुरो सान्चे पनि भ्रमण दलमा रहेका छन्।

यस भ्रमणले दुबै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न क्षेत्रमा भएका प्रगतिहरूको समीक्षा गर्ने, सहयोगका नयाँ पक्षहरू अवलम्बन गर्ने र आधिकारिक विज्ञप्तिमा साझा चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूको बारेमा आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad