गत वर्ष विश्वव्यापी रुपमा रक्षा बजेट दशकयताकै सबैभन्दा तीव्र गतिमा वृद्धि भएको छ। सन् २०१८ को तुलनामा सन् २०१९ मा विश्वव्यापी रक्षा खर्च ४ प्रतिशतले बढेको हो।
इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)ले वार्षिक रुपमा प्रकाशित गर्ने सैन्य सन्तुलन नामक प्रतिवेदनअनुसार राज्यहरुबीच प्रतिस्पर्धा बढेका कारण खर्चमा वृद्धि भएको हो।
अमेरिका र चीन दुवैले यो वर्ष ६.६ प्रतिशतले रक्षा बजेट बढाएका छन्।
गत दशकमै सबैभन्दा तीव्र गतिमा एसियाको रक्षा बजेट बढेको छ। दशकको सुरुको तुलनामा अन्त्यमा यो महादेशको रक्षा खर्च ५० प्रतिशतले बढेको छ।
रुस र चीन दुवैले रणनीतिक हतियार तैनाथ गर्न थालेकाले सैन्य प्रतिस्पर्धा बढ्दै गएको प्रतिवेदनमा जनाइएको छ। एजेन्सी

प्रतिक्रिया