समाज


कुवेतमा नेपालीको मृत्युबारे यथार्थ जानकारी दिन आग्रह

कुवेतमा नेपालीको मृत्युबारे यथार्थ जानकारी दिन आग्रह

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १२:३२,

राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत ६ नेपाली कामदार कामको सिलसिलामा ढिस्कोले पुरिएर मृत्यु भएका व्यक्तिको सांस्कृतिक अधिकारको व्यवस्था गर्न र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज गरेको प्रेस विज्ञप्तिमा गत माघ २९ गते ढिस्कोले पुरिएर मृत्यु भएका तथा घाइते भएकाको प्रभावकारीरूपमा निःशुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकारसमेतको संरक्षण हुने गरी आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ।

आयोगले घटनाका सम्बन्धमा यथार्थ जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचारसमेत गरेको छ। वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा उनीहरुको मानवअधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad