नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पद नलिने भएको छ। अहिले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल छिन्।
अहिले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन संसद् भवन नयाँबानेश्वरमा भइरहेको छ।
फागुन २१ मा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष एमालेले लिने सहमति सत्ता गठबन्धनमा भएको थियो।
तर मंगलबार नेकपा एकीकृत समाजवादीलाई पनि समेटेर पाँच दलले ७ बुँदे वक्तव्य निकाल्नुअघि राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले नलिएर एकीकृत समाजवादीलाई दिने सहमति भएको हो।
बालुवाटारमा भएको सत्ता पक्षीय गठबन्धनको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष पद एकीकृत समाजवादीलाई दिन एमाले नेतृत्व तयार भएको एक नेताले बताएका छन्।
समाजवादीलाई समेट्न आठ दिनमै सत्ता गठबन्धनको दोस्रो संयुक्त वक्तव्य
बालुवाटारमा माधव नेपालसँग सहमति, सत्ता गठबन्धनलाई सघाउन तयार
807
Shares

प्रतिक्रिया