राजनीति


राष्ट्रिय सभा उपाध्यक्ष एमालेले नलिने, एकीकृत समाजवादीलाई दिइने

राष्ट्रिय सभा उपाध्यक्ष एमालेले नलिने, एकीकृत समाजवादीलाई दिइने

सत्ता गठबन्धनको बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन २९, २०८० मंगलबार १२:४६, काठमाडौँ

नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पद नलिने भएको छ। अहिले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल छिन्।

अहिले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन संसद् भवन नयाँबानेश्वरमा भइरहेको छ।

फागुन २१ मा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष एमालेले लिने सहमति सत्ता गठबन्धनमा भएको थियो।

तर मंगलबार नेकपा एकीकृत समाजवादीलाई पनि समेटेर पाँच दलले ७ बुँदे वक्तव्य निकाल्नुअघि राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले नलिएर एकीकृत समाजवादीलाई दिने सहमति भएको हो।

बालुवाटारमा भएको सत्ता पक्षीय गठबन्धनको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष पद एकीकृत समाजवादीलाई दिन एमाले नेतृत्व तयार भएको एक नेताले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .