राजनीति


कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

नेपालखबर
साउन ९, २०८३ शनिबार १७:२६, काठमाडौँ

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन्। 

कँडेलले शनिबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। प्रदेशमा नयाँ सक्ता समिकरणका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमै रहेका बेला कँडेलको राजीनामा आएको छ। 

उनी २०८० चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए। तत्कालीन नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

त्यसको एक वर्षपछि केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि प्रदेशमा पनि असर परेको थियो। माओवादीका मन्त्री बाहिरिएका थिए भने कांग्रेसले समर्थन गरेको थियो। 

कांग्रेसका सांसद २०८१ साउनमा कर्णाली सरकारमा सहभागी भएका थिए। अहिले फेरि एमालेसँग खटपट भएपछि कांग्रेसका मन्त्रीले राजीनामा दिएका थिए। उनीहरूले मुख्यमन्त्री कँडेलविरुद्ध गत असार ३२ मा प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 

अविश्वास प्रस्तावमाथि छलफल गर्न आज प्रदेश सभाको बैठक बोलाइएको थियो। सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री कँडेलले पनि राजीनामा दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad