सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढी पुगेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका हुन्।
यसअघि शुक्रबार साँझ शिक्षामन्त्री पोखरेलले डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत सत्याग्रहको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने तयारी रहेको छ।
सरकारले वार्तामार्फत डा. केसीको सत्याग्रहको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ। यसका लागि शिक्षामन्त्री पोखरेलले अग्रसरता लिइरहेका छन्।
Shares

प्रतिक्रिया