ad ad

राजनीति


ट्विटरमा भिडे भारतीय विदेशमन्त्री जयशंकर र इतिहासकार गुहा

ट्विटरमा भिडे भारतीय विदेशमन्त्री जयशंकर र इतिहासकार गुहा

नेपालखबर
फागुन १, २०७६ बिहिबार ९:२५,

भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर र इतिहासकार रामचन्द्र गुहाबीच ट्विटरमा जुहारी चलेको छ। उनीहरुबीच विवादको विषय भने पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरु र सरदार वल्लवभाइ पटेलबीचको सम्बन्ध थियो।

बुधबार जयशंकरले नारायणी बसुलिखित ‘भीपी मेननः द अनसङ आर्किटेक्ट अफ मोडर्न इन्डिया’ नामक पुस्तक लोकापर्णमा सहभागी भएका थिए।

सो कार्यक्रमको तस्बिर राख्दै जयशंकरले लेखेका थिए, ‘यो पुस्तक पढेर मलाई थाहा भयो, नेहरु सन् १९४७ को क्याबिनेटमा पटेललाई सहभागी गराउन चाहँदैनथे र सुरुवाती सूचीमा पटेललाई राखेका थिएनन्।’

बिहीबार इतिहासकार गुहाले जयशंकरलाई सो भनाइ गलत रहेको बताउँदै इतिहासको पाठ मात्र पढाएनन्, झुठो समाचार फैल्याउन सहयोग गरेको आरोप पनि लगाए।

‘यो पूर्ण रुपमा मिथक हो। जसलाई प्राध्यापक श्रीनाथ राघवनले द प्रिन्टमा ध्वस्त पारिसकेका छन्,’ गुहाले लेखेका छन्।

उनले यो किन गलत छ भनेर विभिन्न प्रमाण पनि दिएका छन्। नेहरुले पटेललाई पठाएको पत्र पनि उनले ट्विट गरेका छन्।

तर, जयशंकर आफ्नो दाबीबाट पछि हटेनन्। उनले गुहालाई पुस्तक पढ्न पनि सुझाए।

‘कुनै विदेशमन्त्री किताब पढ्ने गर्छन्। प्राध्यापकहरुका लागि पनि पढ्नु राम्रो बानी हुनसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .