ad ad

कारोबार


सिभिल बैंकको १०८ औं शाखा कलैयामा

सिभिल बैंकको १०८ औं शाखा कलैयामा

नेपालखबर
फागुन १, २०७६ बिहिबार ९:२७,

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा बिशेष महत्व दिने रणनीति अनुरुप बैंकले बारा जिल्लाको कलैयामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ।

बिहीबार एक कार्यक्रमका बीच सिभिल बैंकका सञ्चालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको कलैया शाखाको उद्घाटन गरे। सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सीसीटीभी क्यामेरा प्रदान गरियो।

कार्यक्रममा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले देशमा वित्तिय क्रान्तिको आवश्यकता रहेकोले आफ्नो नगरवासीलाई वित्तीय क्रान्तिमा लाग्न सुझाब दिए। आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे।

सो अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गढि़माइ जस्तो पवित्र धार्मिक स्थल तथा देशको खाद्यान्नको प्रमुख उत्पादन हुने बारा जिल्लाको कलैयामा प्रशस्त अवसरहरु आफुले देखेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने बताए।

समारोहका सभापति तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य युगेश बहादुर मल्लले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए।

सिभिल बैंकको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०८ पुगेकोे पनि बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .