नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले हिन्दु राष्ट्रको विषयमा राजनीति गर्न नहुने बताएका छन्। प्रतिनिधिसभा सांसद समेत रहेका पौडेलले पार्टीको महासमिति बैठकस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन्।
‘हिन्दुत्वप्रति मेरो सम्मान छ। म आफैँ पनि हिन्दु हुँ। तर यो राजनीति होइन,’ उनले भने।
साथै, उनले यदी आफू संविधानसभा सदस्य भएको भए त्यो बेलामा धर्म निरपेक्ष र हिन्दु राष्ट्र दुवै राख्न नदिने पनि बताए।
‘संविधान जारी गरेको पनि हामीले नै भन्ने, संविधानसभाबाट जारी गर्ने। म संविधानसभाको सदस्य थिएँ भने धर्म निरपेक्ष पनि राख्दिन थिएँ, हिन्दु राष्ट्र पनि राख्दैनथेँ,’ उनले भने।
उनले नेपाली राजनीतिमा नैतिकताको स्केल निकै कमजोर भएको पनि बताए।
‘नेपाली राजनीतिमा नैतिकताको स्केल तल छ। राजनीतिक संस्कार नैतिकतासँग जोडिएका प्रश्नहरू छन्,’ उनले भने।
Shares
प्रतिक्रिया