ad ad

राजनीति


धनराजको प्रश्न : टुप्पोमा बस्नेले मात्रै कहिलेसम्म फल खाइरहने?

धनराजको प्रश्न : टुप्पोमा बस्नेले मात्रै कहिलेसम्म फल खाइरहने?

नेपालखबर
फागुन ७, २०८० सोमबार १५:३०, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फेदमा बसेर मलजल गरिरहेकाले कहिल्यै फल खान नपाएको गुनासो गरेका छन्।

पार्टीको सोमबारबाट सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका गुरुङले फेदमा बसेर मलजल गर्ने र टुप्पोमा बस्नेले सधैँ फल खानेमात्रै भइरहेको बताएका हुन्।

‘फेदमा बसेकाले मलजल गरिरहेका हुन्छन्, टुप्पोमा पुगेकाले फल खाइरहेका हुन्छन्। त्यसलाई महासमिति बैठकले तारतम्य बनाउन पर्छ कि पर्दैन?,’ उनले भने, ‘जब बोटमा फल फल्छ टुप्पोमा बसेकाले खाइरहने त्यो प्रवृत्तिको अन्त्य खोज्न आवश्यक छ।’

उनले झुपडिमा बसेका र महलमा बसेकाबीचको खाडल पुर्ने काम प्रजातान्त्रिक समाजवादले नै भएको बताए।

‘एकातिर झुपडीमा बसेका जनता हेरौँ र अर्कोतिर महलमा बसेकालाई हेरौँ। त्यो बीचको खाडल पुर्ने प्रजातान्त्रिक समाजवादले नै हो,’ गुरुङले भने।

साथै, उनले नेता व्यापारी र व्यापारी नेताजस्तो देखिएको बताए। ‘व्यापारी नेताजस्तो देखिए, नेता व्यापारीजस्तो देखिए,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .