राजनीति


कोरोना भाइरसको प्रकोपमाझ काममा फर्किंदै चिनियाँ

कोरोना भाइरसको प्रकोपमाझ काममा फर्किंदै चिनियाँ

नेपालखबर
माघ २७, २०७६ सोमबार १०:३,

कोरोना भाइरसका कारण चिनियाँ नयाँ वर्षको लम्ब्याइएको छुट्टी समाप्त भएपछि धेरैजसो चिनियाँहरु सोमबारबाट काममा फर्केका छन्।

भाइरसको प्रकोपबाट चिनियाँ अर्थतन्त्रमा ठूलो असर पर्ने आकलन गरिएको छ। यद्यपि अधिकारीहरुले त्यस्तो असर अस्थायी मात्र हुने दाबी गरेका छन्।

सरकारका सबै निकायले व्यवसाय सञ्चालनमा सघाउने प्रयास गरिरहेका छन्। थुप्रै प्रान्त र नगरहरुले कर तथा भाडा कटौती गरेका छन् भने ऋण तिर्ने म्याद समेत थपिदिएका छन्।

सोमबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा कोरोना भाइरस रोकथामका लागि भएका प्रयासहरुको निरीक्षण गरेका छन्। फेस मास्क लगाएका सी चायोङयाङ जिल्लाको एक भवनमा पुगेका थिए। उनले ज्वरो नापिरहेको तस्बिर सार्वजनिक भएको छ।

हालसम्म कोरोना भाइरसबाट ९ सय १० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४० हजार नाघेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad