समाज


केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

नेपालखबर
माघ २७, २०७६ सोमबार ९:४४,

प्राणघातक कोरोना भाइरसको संक्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ। विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।

विभागले ३४५ जनाको रगतको नमुना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको संक्रमण नदेखिएको बताएको। विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनबाट फर्किएका व्यक्तिको रक्त परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएन, र अनुगमनमा राखिएका व्यक्तिको रक्त परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ।’

विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरुलाई १८ दिनसम्म घरबाहिर हिँड्डुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जँचाउन भनिएको उल्लेख छ।

थ्रिसुरस्थित सरकारी शिक्षण अस्पतालको विशेष वार्डमा राखिएका चीनबाट फर्किएका विद्यार्थीको प्रयोगशाला परीक्षण गर्दा कोरोना भाइरस (एन्कोभ) को सङ्क्रमण नदेखिएको अस्पतालले जनाएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad