राजनीति


विराेधीलाई दु:ख दिने सरकारकाे नियत: डा महत

विराेधीलाई दु:ख दिने सरकारकाे नियत: डा महत

नेपालखबर
माघ २७, २०७६ सोमबार १०:६,

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री डा. प्रकाश शरण महतले सरकारले आफू अनुकुल नभएकाहरुलाई दु:ख दिने काममा लागेको आरोप लगाएका छन्।

आज बिहान आफ्नै निवास बाँसबारीमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एशोसियसनका नव निर्वाचित कार्यसमितीसँग भेटघाट गर्दै डा महतले सरकारको अहिलेको शैलीका विरुद्ध नेपाली कांग्रेस एक ढिक्का भएर लड्नुपर्ने बताए।

अब एक अर्कालाई लान्छना लगाएर हिँड्ने अवस्था नभएको भन्दै अहिलेको सर्वसत्तावादी सरकारका विरुद्धमा सदनदेखि सडकसम्म संघर्षमा उत्रिने समय आएको पनि स्पष्ट पारे।

महतले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एशोसियसनका नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad