ad ad

राजनीति


शान्तिनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेशनको मिति तोकिने

शान्तिनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेशनको मिति तोकिने

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १३:२०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक जारी छ। सोमबारदेखि सुरु भएको उक्त पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज पुनः बसेको हो।

हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो।

आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिए।

उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा आजको बैठकमा छलफल भइरहेको बताए। 

‘आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ र राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदैछ।’ 

यसअघि पार्टी केन्द्रीय कमिटीले माघ १४–१८ मा महाधिवेशनको मिति तय गरेको थियो। 

तर, पछिल्ला दिनमा राष्ट्रिय सभा निर्वाचन, भूकम्प र तयारी नपुगेको कारण माघमै महाधिवेशन गर्न नसकिने तर्क नेताहरूले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .