ad ad

कला


रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’को रेकर्ड, चारदिनमा कति कमायो?

रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’को रेकर्ड, चारदिनमा कति कमायो?

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १३:३३, काठमाडौँ

रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले चारदिन विश्वभर ४२५ करोड भारतीय रुपैयाँ कलेक्सन गरिसकेको छ। 

यस फिल्मले घरेलु बक्सअफिसमा चारदिनमा २४१ करोड भारुको आकडा पार गरिसकेको छ। सोमबार ३९.९० करोड भारु कमाउँदै यस फिल्मले शाहरुख खान अभिनित ‘जवान’ को रेकर्ड तोडेको हो।

जवानले पहिलो सोमबार ३२ करोड रुपैयाँको व्यापार गरेको थियो। यो फिल्म यस वर्षको सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म समेत हो। 

यसअघि आइतबार एनिमलले तेस्रो दिन ७५ करोड कमाएर बक्स अफिसमा नयाँ रेकर्ड बनाएको थियो।

पहिलो विकेन्डमा ३ दिनमा फिल्मले विश्वभर ३५६ करोडभन्दा बढीको कमाई गरेको छ। योसँगै फिल्मले विकेन्ड कलेक्सनका हिसाबले यो वर्षको दोस्रो ठूलो फिल्म ‘पठान’ को रेकर्ड तोडेको थियो। 

सन्दीप रेड्डी वांगाको लेखन र निर्देशित यो फिल्म क्राइम ड्रामा जनरामा बनेको छ। यस फिल्मले छोराको बुवाप्रतिको आशा र बाबुछोराको सम्बन्धमा आउने उताडतडावले ल्याउने सामाजिक प्रभावलाई कथालाई समेटेको छ।

फिल्ममा रणवीरका साथै रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल, तृप्ति डिमरी लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .