ad ad

राजनीति


पक्राउ पुर्जीविरुद्ध विप्लवले घोषणा गरे तीन दिने आन्दोलन

पक्राउ पुर्जीविरुद्ध विप्लवले घोषणा गरे तीन दिने आन्दोलन

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८० मंगलबार १३:१४, काठमाडौँ

आफूसहितका नेताहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। 

२०७६ पुसको मुद्दा ब्यूँताएर अदालतले दुई दिनअघि महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र पोलिटब्यूरो सदस्य माइला लामालगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि आन्दोलन घोषणा गरिएको हो। 

विप्लवले अदालतको उक्त कार्य २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भन्दै बाँकी समस्यालाई शान्तिपूर्ण निकास दिन भइरहेका गम्भीर पहलमाथिको हमला भनेका छन्। 

अदालतको उक्त कदमलाई विप्लवले गैरकानुनी, असभ्य एवं अराजक कार्य भनेर टिप्पणीसमेत गरेका छन्। 

सरकारले प्रतिबन्ध हटाउँदा गरिएको ३ बुँदे सहमतिमध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने र बन्दी मुक्त गर्ने उल्लेख रहेको उनले स्मरण गराएका छन्। 

राज्यका सहमतिलाई कानुनको अंग बनाएर समस्या समाधान गर्न मद्दत गर्नुपर्ने अदालतले गैरकानुनी कदम चालेको उनको आरोप छ। शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको टिप्पणीसमेत उनले गरेका छन्। 

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा उनीहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भइसकेको छ।

विप्लवले अदालतको उक्त कदमविरुद्ध मंगलबार साँझ देशभर मसाल जुलुस निकाल्ने घोषणा गरेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .