ad ad

राजनीति


एकीकृत समाजवादीको महाधिवेशन सर्न लागेको हो? प्रवक्ता भन्छन्– भोलि निर्णय हुन्छ

एकीकृत समाजवादीको महाधिवेशन सर्न लागेको हो? प्रवक्ता भन्छन्– भोलि निर्णय हुन्छ

नेपालखबर
मंसिर १८, २०८० सोमबार १८:१२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको आगामी माघ दोस्रो साताका लागि तय भएको महाधिवेशनको मितिबारे सचिवालय बैठकमा छलफल भएको छ। 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ६९औँ सचिवालय बैठकमा यसबारे कुरा उठेपनि निर्णय भने नभइसकेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

यसअघि पार्टी केन्द्रीय कमिटीले माघ १४–१८ मा महाधिवेशनको मिति तय गरेको थियो। 

तर, पछिल्ला दिनमा राष्ट्रिय सभा निर्वाचन, भूकम्प र तयारी नपुगेको कारण माघमै महाधिवेशन गर्न नसकिने तर्क नेताहरूले गरेका छन्। 

‘माघ ११ गते हुने निर्वाचनको तयारीले पनि अलिकति बाधा पुर्याएको छ। भूकम्पको स्थिति, समग्रको कामको तयारी व्यवस्थापनको विषयलाई लिएर निर्णय लिनुपर्ने भएकाले भोलि मात्रै निर्णय हुन्छ,’ सोमबारको बैठकपछि सञ्चारकर्मीसँग खतिवडाले भनेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .