राजनीति


रमेश प्रसाईंसहित रास्वपामा तीनजना सहप्रवक्ता

रमेश प्रसाईंसहित रास्वपामा तीनजना सहप्रवक्ता

नेपालखबर
मंसिर १३, २०८० बुधबार १८:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले तीनजना सहप्रवक्ता मनोनयन गरेको छ। महोत्तरीको जलेश्वरमा बसेको पार्टी केन्द्रीय समिति बैठकले केही पदाधिकारीहरू थप्दै तीन जना सहप्रवक्ता मनोनीत गरेको हो। 

केन्द्रीय सदस्य समेत रहेका रमेश प्रसाईंसहित मनीष झा र प्रतिभा रावललाई रास्वपाले सहप्रवक्ता बनाएको हो। 

रास्वपाले एकजना उपसभापति, दुईजना सहमहामन्त्री र दुईजना सह–कोषाध्यक्ष थप गरेको छ। 

पार्टीले लिमा अधिकारीलाई कोषाध्यक्ष बनाएको छ।

जलेश्वर बैठकपछि रास्वपामा केन्द्रीय पदाधिकारीको सूची यस्तो बनेको छ-

सभापति - रवि लामिछाने

उपसभापति - डीपी अर्याल

उपसभापति - डा. स्वर्णिम वाग्ले

महामन्त्री - डा. मुकुल ढकाल 

सहमहामन्त्री - कवीन्द्र बुर्लाकोटी

सहमहामन्त्री - सुमना श्रेष्ठ

सहमहामन्त्री - विपिन आचार्य

कोषाध्यक्ष - लिमा अधिकारी

सहकोषाध्यक्ष - बसुमाया तामाङ

सहकोषाध्यक्ष - दीपक बोहोरा

सहप्रवक्ता - मनीष झा

सहप्रवक्ता - प्रतिभा रावल

सहप्रवक्ता - रमेश प्रसाईँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .