ad ad

खेल


पोखरा र ललितपुरबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी

पोखरा र ललितपुरबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी

नेपालखबर
मंसिर १३, २०८० बुधबार १८:३२, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसीबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

पहिलो हाफमा पोखरालाई दबाबमा राखेको ललितपुरले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन।

खेलको छैटौं मिनेटमा फ्याङकील कोउटो तलाको लामो पासमा मोसेस ग्याबाको प्रहार सेकेन्ड बारमा लाग्दै फर्किदा पोखराले अग्रता बनाउने मौका गुमायो।

२५ औं मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङको हेडर पोखराका गोलरक्षकले सहजै बचाए।

३३ औं मिनेटमा अनिल महर्जनको कर्नरमा अनन्तको हेडर पोखराका गोलरक्षकले पन्च गर्दै बचाए। ३६ औं मिनेटमा निखिल सुरेशराओ कदमको कर्नर पोखराका पदम भट्टराईले हेडर गर्दै बचाए।

३७ औं मिनेटमा ओमोलाला नुरैन करिमको फ्रिकीक सेकेण्डबारको नजिकबाट बाहिरिँदा ललितपुरले अग्रत बनाउने मौका गुमायो।

खेलको ४० औं मिनेटमा निखिल सुरेसाओको प्रहार पोखराका गोलरक्षकले बचाए। ४३ औं मिनेटमा आयुष घलानको पासमा मोसेसको प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरिदा पोखराले अग्रता लिन सकेन।

इन्ज्युरी समयमा एञ्जल महर्जनको फ्रिकीक प्रहार पोष्टको नजिकबाट बाहिरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .