ad ad

राजनीति


आज युवा संघको प्रदर्शनमा कहाँबाट कति जना सहभागी हुन्छन्?

आज युवा संघको प्रदर्शनमा कहाँबाट कति जना सहभागी हुन्छन्?

मंसिर ७ को पूर्वसन्ध्यामा युवा संघले निकालेकाे मसाल जुलुस


नेपालखबर
मंसिर ७, २०८० बिहिबार १०:४०, काठमाडौँ

आज काठमाडौँका अलग–अलग स्थानमा एमालेको भ्राृत संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले शक्ति प्रदर्शन गर्दै छन्। 

युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा कार्यक्रम स्थल तोकेका छन्।

एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहका समर्थकबीच झडप हुने सक्ने सम्भावनालाई विचार गरेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसैकारण यतिबेला धेरैलाई जिज्ञासा भइरहेको छ– उनीहरूले आज कहाँ कहाँबाट कति मान्छे काठमाडौँमा उतार्लान्? 

यसैबीच युवा संघका अध्यक्ष थेवेले आफूहरूको कार्यक्रममा ३० हजारसम्म युवा/विद्यार्थी सहभागी हुने दाबी गरेका छन्।

आजको कार्यक्रममा काठमाडौँ उपत्यकामा उपलब्ध युवा तथा विद्यार्थी मात्र सहभागी हुने, बाहिरी जिल्लाबाट मानिस नबोलाइएको उनको भनाइ छ। 

प्रसाईं समूहको कार्यक्रममा भने बाहिरी जिल्लाबाट मानिस झिकाइएको छ। 

सुरक्षा परिषद्को विश्लेषण : दुर्गा प्रसाईंको प्रदर्शनमा २० हजार आसपास भेला हुने, ३ दिन नटिक्ने

कार्यक्रमअघि बिहीबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै संघका अध्यक्ष थेवेले भने, ‘उपत्यकामा रहेका युवा विद्यार्थीलाई आह्वान गरेका छौँ। हामीले उपत्यकाबाहिरबाट कसैलाई पनि झिकाएका छैनौँ। उपत्यकामा रहेका युवा विद्यार्थी स्वस्फूर्त रूपमा सहभागी हुन्छन्। अनेरास्ववियु र युवा संघबाट गरेर सामान्य ढंगले पनि २५/३० हजार सहभागी आउनुहुन्छ।’

थेवेका थप भनाइ

सम्बन्धित अन्य समाचार :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .