ad ad

राजनीति


हाम्रो प्रदर्शन सरकारलाई ‘ठीक ठाउँमा ल्याउन’ : युवा संघ

हाम्रो प्रदर्शन सरकारलाई ‘ठीक ठाउँमा ल्याउन’ : युवा संघ

फाइल फाेटाे : राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे


नेपालखबर
मंसिर ७, २०८० बिहिबार ९:५६, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले शक्ति प्रदर्शन गर्ने दिन आजै (मंसिर ७ गते) एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले पनि कार्यक्रम राखेर प्रतिवाद गर्न खोजेको चर्चा भइरहेका बेला यसका अध्यक्ष क्षितिज थेवेले भने आफूहरूको आन्दोलन सरकारविरुद्ध भएको बताएका छन्। 

युवा संघले आज काठमाडौँको तीनकुनेमा विरोध कार्यक्रम आयोजना गर्दैछ भने प्रसाईंको समूहले बल्खुमा। एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहबीच भडप हुनसक्ने भएकाले काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

कार्यक्रमअघि बिहीबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै संघका अध्यक्ष थेवेले आफूहरूको कार्यक्रम प्रचार गरिएजस्तो कुनै समूह विशेषविरुद्ध नभई सरकारलाई ‘ठीक ठाउँमा ल्याउन’ भएको दाबी गरेका हुन्। 

‘हामीले आज आमसभा भनेका छैनौँ, जनप्रदर्शन भनेका छैनौँ। यहाँ आफ्ना अभीष्ट पूरा गर्न गलत प्रचार गरिएको छ’, उनले भने, ‘सरकारलाई ठीक ठाउँमा ल्याउन प्रदर्शन गर्दै छौँ।’

आफूहरूको आजको कार्यक्रम नेपाल, नेपाली र संघीय गणतन्त्रको रक्षाका निम्ति भएको उनको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .