नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरू खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११) र २५९ संविधानको धारा २७४ (८) सँग बाझिएको भन्दै खारेजीको मागसहित कांग्रेसले शुक्रबार रिट दायर गरेको हो।
रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले असार ३१ गतेका लागि पेसी पनि तोकेको कांग्रेसले जनाएको छ।
राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलका नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदमबहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गरेका हुन्।
गत जेठ १७ गते बहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली २०८३ मा कांग्रेसलगायतका दलहरूले विरोध गरेका थिए
रिटमा प्रतिनिधि सभा, संसद सचिवालय, सभामुख डोलप्रसाद अर्याल, मस्यौदा समिति संयोजक गणेश पराजुली र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाइएको रिट मस्यौदाकार अधिवक्ता राजु कटुवालले जानकारी दिए।
Shares

प्रतिक्रिया