बागमती


‘मंसिर ७ गते काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्नू’

‘मंसिर ७ गते काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्नू’

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर ६, २०८० बुधबार १५:७, काठमाडौँ

भोलि अर्थात् मंसिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विभिन्न संगठन तथा समूहले विरोध प्रदर्शन गर्ने भएकाले उक्त दिन सकेसम्म सवारीसाधन लिएर सडकमा ननिस्कन र निस्कनै परे प्रहरीलाई फोन गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।    

बुधबार सार्वजनिक सूचना जारी गरी ट्राफिक प्रहरी कार्यालयले भोलि बिहीबार काठमाडौँ उपत्यकाभरि सवारी आवगमनमा असहजता सिर्जना हुनसक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको हो। 

सूचनामा अगाडि भनिएको छ- ‘र, सडकमा निस्कनपूर्व १०० वा १०३ मा टेलिफोन गर्न हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ।’

फोन गर्दा पैसा नलाग्ने १०० नम्बर नेपाल प्रहरीको हाे भने १०३ नम्बर ट्राफिक प्रहरीको हो। 

नागरिकको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारीसाधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिकमा अपिल गरेको छ। 

हेर्नुहोस् सूचना-

भोलि मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं अध्यक्ष रहेको  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गर्दै छ भने यसैको प्रतिवादस्वरूप एमालेको भ्रातृ संगठन युवा संघको नेतृत्वमा तीनकुनेमा प्रदर्शन गरिँदै छ। 

यो पनि पढ्नुहोस्राति सुतेको ठाउँबाट महिला लखेट्ने युवा संघ भएको दुर्गा प्रसाईंको आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad