ad ad

समाज


गुल्मीका दुई स्थानीय तहले दिए हरि बोधनी एकादशीमा सार्वजनिक बिदा


नेपालखबर
मंसिर ७, २०८० बिहिबार १०:२९, गुल्मी

गुल्मीका दुई स्थानीय तहले हरि बोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएका छन्। 

रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्। 

हरि बोधनी एकादशी आज तुलसीको विवाह गरेर मनाइँदै छ। रेसुंगा र गुल्मी दरबारमा एकादशीमा मेला लाग्ने भएकाले बिदा दिइएको हो। 

गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगा पोखरीमा आज ठूलो धार्मिक मेला लागेको छ। 

सार्वजनिक बिदाको कारण आज रेसुंगा र गुल्मीदरबारमा सरकारी कार्यालय, शैक्षिक संस्था बन्द छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .