नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले आज आफूहरूले काठमाडौँमा आयोजना गर्न लागेको कार्यक्रम शान्तिपूर्ण हुने बताएका छन्।
कार्यक्रम गर्नुअघि बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थेवेले तर कार्यक्रममा घुसपैठ हुने सम्भावना रहेकाले आफूहरू सजग रहेको बताए।
‘हामीले प्रशासनलाई पटकपटक जानकारी गराएका छौँ। आजको हाम्रो कार्यक्रममा पनि घुसपैठ हुने सम्भावना छ’, उनले भने, ‘हामी जिम्मेवार छौँ। हामी जिम्मेवार ढंगले गरिराखेका छौँ। हाम्रा कार्यकर्ताले जिम्मेवार ढंगले घुसपैठ भएको पाएमा नियन्त्रणमा लिएर प्रशासन समक्ष बुझाउनेछन्। हाम्रो शान्तिपूर्ण राजनीतिक विरोध कार्यक्रममा घुसपैठ गरेर आफ्नो अभीष्ट पूरा गर्ने नियत कसैको नहोस्।’
आज काठमाडौँको तीनकुनेमा युवा संघले विरोध कार्यक्रम गर्दै छ भने बल्खुमा दुर्गा प्रसाईंको समूहले विरोध प्रदर्शन गर्दै छ। एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहबीच भडप हुनसक्ने भएकाले काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
विस्तृतमा सम्बन्धित समाचार :
Shares

प्रतिक्रिया