नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गणेश नेपालीको आत्मदाह प्रकरणले सरकारी प्रशासनको कुरुप पक्षलाई उजागर गरेको बताएको छ।
शुक्रबार प्रेस वक्तव्य जारी गर्दै मसालले गणेश नेपालीको आत्मदाहले देशको कुशासन, हत्याहिंसा र राज्य सञ्चालनको चरम असफलताको तस्वीरलाई गम्भीर रूपले प्रस्तुत गरेको जिकीर गरेको छ।
‘नागरिकप्रति अनुत्तरदायी प्रशासनिक क्रियाकलापले यस प्रकारको गम्भीर समस्यालाई पैदा गरेको कुरामा शंका छैन। यस घटनाका लागि सरकार र त्यसको गृहमन्त्री पनि गम्भीर रुपमा जिम्मेवार रहेका छन्’ मसालले भनेको छ, ‘उनीहरूको अनुत्तरदायी प्रशासनिक शैलीले यस प्रकारका घटना दोहोरिँदै जाने निश्चित छ।’
सुकुमवासीहरू विरुद्ध चलाइएको अभियानको बेलामा कतिपय सुकुम्बासीले गरेको आत्महत्याका प्रकरणलाई स्मरण गर्दै घटनाहरूले सरकारको कुशासनको कुरुप पक्षलाई गम्भीर रुपमा उजागर गरेको प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Shares

प्रतिक्रिया