ad ad

राजनीति


मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिको एमालेद्वारा विराेध

मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिको एमालेद्वारा विराेध

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १२:५७, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अभिव्यक्तिप्रति बामगती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ।

मंगलबार ललितपुरको च्यासलमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मर कट्टेलको अभिव्यक्ति गैरजिम्मेवार भएको ठहर गरेको हो।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वभौम सदनले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको एमाले नेताहरुको दाबी छ। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गत असोज ३ गते भक्तपुरमा भएको एक कार्यक्रममा प्रदेशको नाम र राजधानी परिवर्तन प्रदेशसभाको क्षेत्राधिकार रहेकाले उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुवै परिवर्तन हुने बताएका थिए।

तत्कालीन समय प्रदेशसभामा आफूले अन्तिम समयसम्म  प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ नै हुनुपर्छ भनेर अडान लिए पनि सम्भव हुन नसकेको मुख्यमन्त्री जमकट्टेलको भनाई थियो। 

उनले प्रदेश राजधानी हेटौँडा प्रदेशको एउटा कुनामा भएकाले जनतालाई अपायक भएको बताएका थिए। उनले चितवन वा मकवानपुरबाहेकका जिल्लालाई हेटौँडा पायक नपरेको भन्दै प्रदेश राजधानी धुलिखेलमा सार्नुपर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .