कारोबार


अक्टोबरमा आए सबैभन्दा धेरै पर्यटक, हवाई मार्गबाट १ लाख १७ हजार भित्रिए

अक्टोबरमा आए सबैभन्दा धेरै पर्यटक, हवाई मार्गबाट १ लाख १७ हजार भित्रिए

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८० बुधबार १३:१३, काठमाडौँ

कोभिडपछि नेपालमा सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा भित्रिएका छन्। २०१९ को अक्टोबरमा भन्दापनि धेरै पर्यटक अहिले भित्रिएका हुन्। 

अध्यागमन विभागका अनुसार अक्टोबरमा १ लाख १७ हजार पर्यटक भित्रिएका छन्। गत वर्ष ५२ हजार १२१ पर्यटक मात्रै भित्रिएका थिए। 

पर्यटन बोर्डका प्रवक्ता मनिराज लमिछानेले पछिल्लो समयमा सबैभन्दा धेरै पर्यटक अक्टोबरमा भित्रिएको जानकारी दिए। कोभिडअघि २०१९ मा १ लाख १० हजार पर्यटक भित्रिएका थिए। 

बोर्डले संकलन गरेको तथ्यांक अनुसार गृष्म ऋतुमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० पर्यटक भित्रिएका छन्। अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१९, चाइनाबाट ६ हजार ८८०, अस्ट्रेलिया ६ हजार ७५, जर्मनी ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१ र बंगलादेशबाट ४ हजार २९२ पर्यटक नेपाल भित्रिएका छन्। 

अक्टोबरमा महिनामा हिमाल आरोहणसँगै ट्रेकिङको लागि सबैभन्दा बढी पर्यटक आउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .