राजनीति


प्रदेशको नाम बागमती राखेकोमा राजपाको आपत्ति

प्रदेशको नाम बागमती राखेकोमा राजपाको आपत्ति

नेपालखबर
माघ ८, २०७६ बुधबार ९:२८,

राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश ३ को नाम वागमती राखेकोमा आपत्ती जनाएको छ।

‘विविधतायुक्त नेपाली समाजमा आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, दलित, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत जातजाति तथा अन्य समुदायहरुको पहिचान सहितको संघीयताको मूल मर्म र भावनामा ठेस पुग्नेगरी मिति २०७६ साल पौष २७ गते प्रदेश नं. ३ को राजधानी हेटौडा तथा प्रदेशको नाम बाग्मती प्रदेश नामाकरण गरिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ राजपा नेपालका वर्तमान संयोजक महेन्द्र राय यादवद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ। ‘स्वायत्तता, स्वशासन, प्रतिनिधित्व, स्वाभिमान, र सम्मानको रक्षाको साथै पहिचान र पहुँच माथिको अधिकार र मर्मलाई अवमुल्यन गर्ने कार्य राष्ट्रिय एकताको मूल भावना विपरीत छ।’

राजपा नेपालले यस्ता पहिचान मेटाउने निर्णयप्रति असहमति जाहेर गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad