ad ad

राजनीति


ललिता निवासबारे प्रधानमन्त्रीको प्रश्न : अदालत किन बीचमै बोल्यो?

ललिता निवासबारे प्रधानमन्त्रीको प्रश्न : अदालत किन बीचमै बोल्यो?

सम्पादकहरुसँग मंगलबार भएको छलफल (तस्बिर : प्रधानमन्त्रीको सचिवालय)


नेपालखबर
साउन ३०, २०८० मंगलबार १६:१४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा प्रकरणबारे सर्वोच्च अदालतले दिएको आदेशप्रति चिन्ता जनाएका छन्।

मंगलबार सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले अदालतले बीचमा यस प्रकरणबारे बोल्नु सामान्य नरहेको बताएका हुन्। 

‘हामी अगाडि बढेको बेला मन्त्रीहरुसम्म पुपगेको थियो। पूर्वप्रधानमन्त्रीसम्म पनि पुग्थ्यो होला, तर बीचमा अदालतले किन बोल्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो मैले हेर्दा सामान्य लाग्दैन। तर म अदालतको निर्णयलाई सम्मान गर्छु।’

उनले ललिता निवास प्रकरणले भूमाफियाहरूको ढोका खोल्न सहयोग गरेको पनि बताए। 

‘ललिता निवासको सरकारी जग्गा कसरी व्यक्तिको नाममा पुग्यो भन्ने कुरामा भूमाफियाहरुको सेटिङ चिर्ने सानो काम हो। देशभरी यस्ता केसहरु छन्। त्यो छानबिन गर्ने ढोका ललिता निवासको जग्गा प्रकरणले खोलेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .