ad ad

राजनीति


संसद्‌मा एमालेको अवरोधबारे प्रधानमन्त्री : फेरि विघटनतिर लान खोजिँदैछ, सफल हुन दिँदैनौँ

संसद्‌मा एमालेको अवरोधबारे प्रधानमन्त्री : फेरि विघटनतिर लान खोजिँदैछ, सफल हुन दिँदैनौँ

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०८० मंगलबार १६:२३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिरहेको अवरोधलाई वर्तमान संसद् असफल बनाउने खेल भएको बताएका छन्।

मंगलबार बालुवाटारमा सम्पादकहरुको टोलीसँगको छलफलका क्रममा उनले एमालेको पछिल्लो कदमबारे गम्भीर टिप्पणी गरेका हुन्।

एमालेलाई पहिलो पटक संसदीय समितिका तीनवटा सभापति दिँदा पनि निहुँ खोज्ने काम गरिरहेको पनि उनले बताएका छन्। 

‘अब त संसद् खुल्ला भन्ने वातावरण बनायो, फेरि कुरो बिग्रिन्छ। पहिलो पटक प्रमुख प्रतिपक्षीलाई तीनवटा संसदीय समितिको सभापति दिइयो। तर संसद खुलेन’, उनले भने, ‘बालुवाटारमा सहमति भयो, सभामुखलाई पनि भनियो। तर बालुवाटारमा भएको सहमति बानेश्वर पुग्दा किन भाँडियो?’

उनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण र संसद्‍मा अवरोधबीच केही न केही कडी जोडिएको हुन सक्ने शंका जनाएका छन्। 

‘यो ललिता निवास प्रकरण र संसद्‍ नखोल्ने कुरा कतै जोडिएको जस्तो देख्छु म’, उनले भने, ‘संविधान डिरेल गर्ने, संसद् विघटन गराउनेतिर कसैले लागेको जस्तो देखियो। तर त्यो सफल हुन्न।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .