ad ad

राजनीति


माओवादी केन्द्रीय समिति अझै जम्बो, २४ महिला थपिएर पुग्यो ४०९

माओवादी केन्द्रीय समिति अझै जम्बो, २४ महिला थपिएर पुग्यो ४०९

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८० शुक्रबार १७:५, काठमाडौँ

पार्टी संगठन चुस्त र छरितो बनाउनुपर्ने आवाज उठिरहँदा नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई अझै ठूलो बनाएको छ।

बुधबारदेखि काठमाडौंको कमलादीमा जारी केन्द्रीय समिति बैठकले सदस्य संख्या अझै बढाउने निर्णय लिएको हो।

माओवादीले केन्द्रीय समितिमा थप २४ जना महिला नेतृहरुलाई लगेको छ। यससँगै हालको ३८५ सदस्यीय केन्द्रीय समितिको आकार बढेर ४०९ सदस्यीय भएको छ। 

यसअघि २०७९ माघमा बसेको माओवादी स्थायी समिति बैठकले पदाधिकारी, केन्द्रीय सदस्य र बैकल्पिक केन्द्रीय सदस्य थपेको थियो। त्यसबेला माओवादी पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना पुगेका थिए। 

त्यस्तै, स्थायी समितिमा ४४ जना पुगेका थिए। केन्द्रीय समितिलाई त्यसबेला ३८६ सदस्यीय बनाइएको थियो। उता बैकल्पिक केन्द्रीय सदस्यको संख्या १९८ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .