दिमित्रि मेदभेदेवले राजीनामा दिएपछि प्रधानमन्त्री पदमा पुटिनले नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन्।
पुटिनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले बुधबार जनाएको छ।
पुटिनको आग्रहलाई मिखाइलले स्विकार गरेपछि मिखाइल मिशुस्टिनलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका थिए।
मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए।
पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ। रासस/सिन्ह्वा

दिमित्रि मेदभेदेव

प्रतिक्रिया