राजनीति


कन्हैया कुमारको लोकप्रियताले मोदी सरकार चिन्तित

कन्हैया कुमारको लोकप्रियताले मोदी सरकार चिन्तित

नेपालखबर
माघ २, २०७६ बिहिबार ८:४९,

रोयटर्सको एक रिपोर्टमा यस्तो बताइएको छ। कर्मठ राजनीतिज्ञको छवी बनाएको वामपन्थी नेता कन्हैया कुमार आफ्ना समर्थकसँग स्वरमा स्वर मिलाएर सरकारविरुद्ध भनिरहेका छन्,‘सरकारका कारण भारतको विचार खतरामा परेको छ।’

जवाहरलाल नेहरु विश्वविद्यालयमा केही समयअगाडि मुकुन्डोधारी आक्रमणकारीले विद्यार्थी र शिक्षकहरुमाथि कुटपिट गरेपछि बिहारबाट कन्हैया दिल्ली यसको विरोध गर्न आइपुगेका हुन्।

भारतमा केही समयअघि जारी गरिएको विवादास्पद नागरिकता कानुनको विरोधमा उक्त विश्वविद्यालयका विद्यार्थीहरू सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।

यसबीचमा मुकुन्डोधारीले आक्रमण गरेपछि उक्त विश्वविद्यालयका विद्यार्थीहरुले सत्तारुढ दल भारतीय जनता पार्टीका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन्।

विद्यार्थी सङ्गठनले सत्तारूढ भारतीय जनता पार्टीको भातृसङ्गठन अखिल भारतीय विद्यार्थी परिषद् यस घटनामा संलग्न भएको बताइरहँदा अखिल भारतीय विद्यार्थी परिषद्ले आफूहरूमाथि वामपन्थी समूहले आक्रमण गरेको र त्यस क्रममा केही मानिस घाइते भएको दाबी गरेको थिए।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेतासमेत रहेका कन्हैया कुमारको नेतृत्वमा हाल दोषीलाई कारवाही हुनुपर्ने भन्दै सरकारविरुद्ध प्रदर्शन भइरहेको छ।

प्रदर्शन दिल्ली, चन्दिगढ, बेंग्लोर, मुम्बइ तथा हैदरावादमा पनि भइरहेको जनाइएको छ।

यसबीचमा रोयटर्सले प्रधानमन्त्री मोदीका नजिकका व्यक्तिलाई उदृत गर्दै कन्हैया कुमारको लोकप्रिता ह्वात्तै बढेपछि मोदी सरकार चिन्तित बनेको बताएको छ। रोयटर्सले ती व्यक्तिको नाम भने खुलाएको छैन।

रोयटर्सको समाचारमा भनिएको छ,‘यतिबेला मोदी सरकारले कन्हैया कुमारको व्यक्तिगत जीवन र उनको आर्थिक कारोबार नजिकबाट नियाली रहेको छ।’

केही समय अगाडि मात्र कन्हैया कुमारसहितका प्रदर्शनकारीलाई भारतका गृहमन्त्री अमित शाहले टुक्रे ग्याङको संज्ञा दिएका थिए।

टुक्रे ग्याङले हिंसा मच्चाएर देश टुक्र्याउन लागेको भनेर शाहले आरोप लगाएपछि कन्हैया कुमारले आफूहरु टुक्रे ग्याङ भएको स्वीकार गर्दै आफूहरु देशलाई नभएर भाजपालाई टुक्र्याउने टुक्रे ग्याङ भएको बताएका थिए।

कन्हैयाले भनेका थिए,‘उनीहरुले हामीलाई टुक्रे ग्याङ भनिरहेका छन्। म यहाँ सडकमा छु। अनुहार लुकाएको छैन। हो म टुक्रे ग्याङ हो तर हामी देश टुक्राउने नभएर भारतीय जनता पार्टी टुक्र्याउने ग्याङ हौं।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad