ad ad

राजनीति


शिक्षा ऐनमा उच्च माविका शिक्षकलाई समेट्न हिस्टुनको आग्रह

शिक्षा ऐनमा उच्च माविका शिक्षकलाई समेट्न हिस्टुनको आग्रह

नेपालखबर
माघ १, २०७६ बुधबार ८:४८,

माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको छ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै हिस्टुनले साविकको उमाविक शिक्षक र शिक्षाको भविष्य एनेमाथि नै निर्भर रहेकाले त शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको हो। उमावि तहको स्वीकृत दरबन्दीको शिक्षक पदलाई ऐन लागु नहुँदासम्म मावि द्वितिय श्रेणीमा एक पटकका लागि उमेर हद नलाग्ने गरी शिक्षक सेवा आयोगले विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने माग हिस्टुनले गरेको छ।

त्यसैगरी उमावि शिक्षकहरुको स्थायी पदका लागि खुलाइएको विज्ञापनमा दर्खास्त नदिएका वा दिएर पनि आयोगले नियुक्तीका लागि सिफारिस नगरेका शिक्षकलाई स्थायी पदपूर्ति नभएसम्मका लागि तोकिए बमोजिमको सुविधान दिनुपर्ने माग पनि युनियनले राखेको दीपकराज सुवेदीले बताए।

हिस्टुनले महाश्रम शर्माको अध्यक्षतामा गठित दरबन्दी पुर्नवितरण सुझाव कार्यदलको प्रतिवेदन अनुसार साविक उमावि तहमा ७ हजार ८०५ थप दरबन्दी सिर्जना गरी जेष्ठताका आधारमा शिक्षकहरुलाई पदस्थापनाका साथै विशेष सुविधा सहित स्थायी प्रकृयामा लानुपर्ने माग पनि गरेको छ। उमावि तहका शिक्षकहरुको मर्यादाक्रम मावि स्थायी तृतीय श्रेणीभन्दा माथि कायम हुने गरी कानुनी व्यवस्था गर्ने र प्राविधिक विद्यालयहरुमा कार्यरत शिक्षहरुलाई समेत आवश्यक दरबन्दी सिर्जना गरी स्थायी गरिनुपर्ने माग हिस्टुनको छ।

त्यसैगरी संस्थागत साविकको उमावि तहमा कार्यरत शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरी पेशागत सुनिश्चितताको ग्यारेण्टी गर्नुका साथै शिक्षहरुको सेवा, सर्त र सुविधा सम्बन्धी तयार भएको निर्देशिका तुरुन्त कार्यान्वयन गर्नुपर्ने माग पनि हिस्टुनले राखेको अध्यक्ष सुवेदीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .