ad ad

राजनीति


आतंकवादी सुलेमानीलाई सिध्याउँदा पनि डेमोक्य्राट्सले मेरो प्रशंसा गरेनन्ः ट्रम्प

आतंकवादी सुलेमानीलाई सिध्याउँदा पनि डेमोक्य्राट्सले मेरो प्रशंसा गरेनन्ः ट्रम्प

नेपालखबर
माघ १, २०७६ बुधबार ८:३३,

हालै अमेरिकाले इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेको थियो। सुलेमानीले अमेरिकामाथि आक्रमण गर्ने योजना बनाइरहेको थाहा पाएपछि आफूले उनको उनलाई सिध्याउन आदेश दिएको ट्रम्पले बताएका थिए।

सुलेमानीलाई आक्रमण गर्न अगाडि आफूहरुसँग छलफल नगरेको तथा सुलेमानी अमेरिकाका लागि खतरा थिए भन्नेबारे ट्रम्पले पर्याप्त प्रमाण दिन नसक्ने डेमोक्रेटिक पार्टीहरुले बताइरहँदा ट्रम्पले आतंकवादी सिध्याउँदा पनि विपक्षीले प्रशंसा नगरेको उनले बताएका हुन्।

ट्रम्पले मंगलबार मिलवाकी शहरमा आयोजित कार्यक्रममा भने,‘डेमोक्र्याट्स सोध्दैछन्, के सुलेमानीलाई आक्रमण गर्नु महत्वपूर्ण थियो?’ ट्रम्पले अमेरिकी नागरिकको सुरक्षाको लागि त्यसो गरेको बताए।

सो क्रममा उनले इरानी जनता अमेरिकाको पक्षमा भएको पनि बताए। इरानले युक्रेनियन विमानमा क्षेप्यास्त्र हानेपछि यतिबेला अमेरिकाको आलोचना गरिरहेका इरानी नागरिक सरकारविरुद्ध प्रदर्शनमा उत्रिँएका छन्। उनीहरुले कासिम सुलेमानीको पोस्टर च्यातेर हसन रुहानी र आयोतल्लाह खामेनीविरुद्ध नारा लगाइरहेका छन्।

ट्रम्प भन्छन्,‘इरानी नागरिकले अमेरिकी झन्डा बोकेर सरकारको आलोचना गरे।’ उक्त सभामा ट्रम्पले आफूविरुद्ध चुनावी प्रतिस्पर्धामा होमिन लागेका डेमोक्रेटिक पार्टीका उम्मेदवार बर्नी स्यान्डर्सको पनि आलोचना गरे।

स्यान्डर्सले ट्रम्पले अमेरिका बर्बाद पारेको बताइरहेका छन्। ट्रम्पले स्यान्डर्सलाई जवाफ दिँदै बर्नी स्यान्डर्सले अमेरिकी नागरिकको सुरक्षा गर्न नसक्ने बताए। सीबीएस न्युज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .