राजनीति


प्रदेश ३ : नेकपा संसदीय दलको बैठक सुरु, राजधानी र नाम टुंगो लाग्ला?

प्रदेश ३ : नेकपा संसदीय दलको बैठक सुरु, राजधानी र नाम टुंगो लाग्ला?

नेपालखबर
पुस २४, २०७६ बिहिबार ३:५८,

प्रदेश-३ को नेकपा संसदीय दलको बैठक सुरु भएको छ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा केहीबेर अघिबाट बैठक सुरु भएको हो।

बैठकमा नेकपाका अधिकांश सांसद उपस्थित छन्। संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती तोक्ने सम्भावना छ।

नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले आजैको बैठकले प्रदेश राजधानी र नाम टुंगो लाग्ने बताए।

नेकपा सचिवालयले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम बागमती कायम गर्न प्रदेश संसदीय दललाई निर्देशन दिइसकेको छ।

तर, नाम र राजधानीको विषयमा नेकपाकै सांसद विभाजित छन्। राजधानी र नामाकरणका विषयमा केही दिनमै प्रदेश सभामा मतदान हुने सम्भावा छन्।

प्रदेश सभामा नेकपा एक्लैको दुई तिहाइ मत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad