ग्लोबल


टेलिभिजन सम्बोधनमा ट्रम्पले भने : क्षेप्यास्त्र प्रहारपछि इरान तल पर्‍यो

टेलिभिजन सम्बोधनमा ट्रम्पले भने : क्षेप्यास्त्र प्रहारपछि इरान तल पर्‍यो

नेपालखबर
पुस २४, २०७६ बिहिबार ३:३६,

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको बताएका छन्।

बिहीबार ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले इरानी आक्रमणमा अमेरिकी वा इराकी नागरिकको मृत्यु नभएको दाबी गरे।

‘अमेरिकी सैन्य आधार शिविरहरूमा पनि खासै क्षति भएको छैन,’ संवोधनको क्रममा ट्रम्पले भने।

आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदला लिन भन्दै इरानले बुधवार इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले इराकस्थित एर्बिल र अल असदमा रहेका शिविरमा क्षेप्यास्त्र प्रहार गरको हो।

उक्त हमलालाई इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले अमेरिकाको मुखमा हानिएको थप्पड भनेका थिए। ट्रम्पले चाहिँ उक्त हमलाले इरान तल परेको र त्यो सबै सम्बन्धितका लागि राम्रो भएको बताएका छन्।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इरानी सैन्य जेनरल कासिम सुलेमानी मारिएपछि अब अमेरिकी नागरिकहरू सुरक्षित भएको बताएका छन्।

सीबीएस न्यूजसँगको एउटा अन्तर्वार्तामा उनले इरानले उसको मिलिसियालाई अमेरिकी लक्ष्य र उसका नागरिकमाथि हमला नगर्न भनेको गुप्तचरी सूचना अमेरिकाले पाएको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad