राजनीति


राष्ट्रियसभा चुनाव : उम्मेदवारी फिर्ता लिने आज, यी हुन् उम्मेदवार

राष्ट्रियसभा चुनाव : उम्मेदवारी फिर्ता लिने आज, यी हुन् उम्मेदवार

नेपालखबर
पुस २४, २०७६ बिहिबार ४:१२,

आउने माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेकाहरूमध्ये आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेहरूलाई आज (बिहीबार) सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

अहिले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आआफ्ना निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न उम्मेदवारी फिर्ता लिन लिन चाहनेहरूलाई आयोगले आग्रह गरेको हो।

आयाेगका अनुसार राष्ट्रिय सभाका १८ सदस्यका लागि मुलुकका सात प्रदेशबाट ४५ जनाले उम्मेदवारी दिएका छन्। उनीहरूको नामावली आयोगले बुधबार प्रकाशन गरेको हो।

नेकपा, कांग्रेस, राजपा, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आयोगका अनुसार प्रदेश १ मा नौ, प्रदेश २ मा आठ, प्रदेश ३ मा ६, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा ६, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी दर्ता भएका छन्।

राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ। तीमध्ये १८ सदस्य चयनका लागि माघ ९ गते चुनाव गर्न लागिएको हो। एक सदस्य भने मनोनित गर्ने व्यवस्था छ।

यी हुन् उम्मेदवार
प्रदेश १
नेकपा- गोपी अछामी, देवेन्द्र दाहाल, इन्दु गौतम, कांग्रेस- नीरबहादुर विश्वकर्मा, मीना पुलामी मगर, राजेन्द्र घिमिरे 
प्रदेश २
-नेकपा- तुलसा दाहाल, राधेश्याम पासवान, कांग्रेस- नगिना यादव र भोला पञ्जियार,  समाजवादी- रामपृत पासवान र अनिरुद्ध सिंह,  राजपा- मृगेन्द्रसिंह यादव र शेखर सिंह 

प्रदेश ३
नेकपा- बेदुराम भुसाल, गंगा बेल्बासे, कांग्रेस- हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा उपाध्याय 

गण्डकी प्रदेश
नेकपा- नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने,  कांग्रेस- सूर्यप्रसाद रेग्मी, विमला गौचन

प्रदेश ५
अपार- विमल घिमिरे, जगप्रसाद शर्मा, नेकपा- गोपाल भट्टराई,  कांग्रेस- गिरिजादेवी न्यौपाने, बालकृष्ण पाण्डे र मेराज अहमद हलवाई 

कर्णाली प्रदेश
नेकपा- मायाप्रसाद शर्मा, सुमित्रा बिसी, कांग्रेस- डिल्लीराम पाठक र सावित्री पौडेल  

सुदूरपश्चिम प्रदेश
 नेकपा- शारदा भट्ट, तारामान स्वाँर, कांग्रेस- प्रताप ठगुन्ना र तुलसी देवकोटा 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad