राजनीति


मोहनविक्रम सिंह टिभी अन्तर्वार्ताका लागि खुला

मोहनविक्रम सिंह टिभी अन्तर्वार्ताका लागि खुला

नेपालखबर
पुस १८, २०७६ शुक्रबार १४:२९,

अर्धभुमिगत नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह टेलिभिजनमा देखिने भएका छन्। नेकपा (मसाल) को हालै सम्पन्न बैठकले महामन्त्री सिंहलाई टिभी वा विभिन्न दृश्य समाचारहरूमा जानसक्ने निर्णय गरेको छ । पुराना नेता सिंह आज सम्म कुनै सार्वजनिक मञ्च वा टेलिभिजनमा देखिएका छैनन्।

मसालले महाधिवेशन पछिका ६ महिना पार्टीकाे लागि उत्साहजनक रहेको ठहर गरेको छ। नेकपा (मसाल)को केन्द्रीय समिति तथा राष्ट्रिय परिषद बैठक हालै सम्पन्न भएको र त्यो बैठकले महाधिवेशन पछिको ६ महिनाको अवधिमा पार्टीको काम उत्साहजनक रहेको ठहर गरेको मसालले जनाएको छ। पार्टी तथा विभिन्न जनवर्गीय संगठनले गरेका संघर्ष एवं संगठनात्मक सुधारको विश्लेषण गर्दै यो अवधि उत्साहजन रहेको ठहर गरेको हो।

मसालकाे आठाैं महािधवेशन गत जेठ महिनामा सम्पन्न भएकाे थियाे। महाधिवेशनबाट सिंह पुन: महामन्त्री चयन भएका थिए।

राष्ट्रिय परिषद बैठकले गरेका निर्णय एवं समसामयिक राजनीतिबारे पार्टीको धारणा सार्वजनिक गर्न महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकासित गरेका छन्। वक्तव्यमा राष्ट्रियता र गणतन्त्र रक्षामा जोड दिनुपर्ने, संघीयता खारेज गरिनुपर्ने, अमेरिकी सहयोग एमसीसी अस्विकार गरिनुपर्ने, भारतीय साम्राज्यवादीद्वारा गरिएको सीमा अतिक्रमण फिर्ता हुनुपर्ने लगायतका माग राखिएको छ।

मसालले वर्तमान सत्तारुढ नेकपालाई कम्युनिष्ट पार्टी नभएको स्पष्ट गरेको छ। तर दशभक्त र जनतान्त्रिक शक्ति भएका कारण उपेन्द्र यादवको राष्ट्रघाती संविधान संशोधन प्रस्ताव असफल पारेको भन्दै धन्यवाद समेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad