काठमाडौंको असनमा आगलागी भएको छ। शुक्रबार साँझ साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलाबाट आगो फैलिएको हो।
काठमाडौं महानगरपालिकाको ३ वटा र ललितपुर महानगरपालिकाको एउटा दमकलसहित पानी बोक्ने ट्याङ्कर प्रयोग गरि स्थानीयको सहयोगमा आगो निभाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।
काठले बनेको घरमा आगलागी भएकोले अरु घरमा पनि फैलिने खतरा देखिएको छ।
आगलागी कसरी सुरु भयो र कति क्षति भयो भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया