राजनीति


प्रचण्डले प्रधानमन्त्री भएको भोलिपल्टै इमान बिर्सिए, विदेशी सम्बन्ध बिग्रियो : ओली

प्रचण्डले प्रधानमन्त्री भएको भोलिपल्टै इमान बिर्सिए, विदेशी सम्बन्ध बिग्रियो : ओली

फाइल तस्बिर।


नेपालखबर
चैत ६, २०७९ सोमबार १४:७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन्।

सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन्।

‘वैदेशिक सम्बन्ध असन्तुलित मात्रै होइन अत्यन्त अविश्वसनीय भएको छ,’ ओलीले भने, ‘यो उहाँकै कारण हो। त्यसकारण प्रधानमन्त्रीजीमाथि विश्वास छ भन्न सकिँदैन।’

उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए। अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुर झैँ रहेको बताए।

‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँ बाहेक सबै अरुको केही दोष छैन, अलमलमा उहाँ दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ,’ ओलीले भने, ‘उहाँले जे भन्यो त्यही हुन्छ। विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ। अरुसँग मिलेको भन्ने आरोप लाग्छ।’

उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए। अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पारे।

गठबन्धनका स्वार्थीहरुले प्रधानमन्त्रीमा विश्वासको मत दिएपनि आफ्नो पार्टीले उनलाई विश्वासको मत नदिने बताए।

‘उहाँ एकता हुन दिनुहुन्न एकता भइहाल्यो भने त्यसलाई तोड्ने उद्योगमा लाग्नुहुन्छ। तोडेर छोड्नुहुन्छ। विगतमा देखिएको छ’, उनले भने, छवामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थीहरुसँग गएर जोडिनुभयो।यस पटक फेरि वामपन्थी सरकार गठन भयो तर उहाँलाई सह्य भएन।’ 

प्रचण्ड प्रधानमन्त्री भएको भोलि पल्टबाटै इमानमा बस्न नसकेको पनि ओलीको भनाई छ। 

‘प्रधानमन्त्री भएको भोलिपल्टबाट इमानमा रहन सक्नुभएन। उहाँले दक्षिणपन्थी सरकार बनाउनु भयो। राष्ट्रिय हीतलाई कमजोर बनाउनु भयो,’ उनले भने, ‘भ्रष्टाचार अब बढ्दै जान्छ, रोकिँदैन। विकास निर्माण रोकिन्छ। उहाँ एमाले बिरोधी हुनुपर्ने भन्ने सोचमा हुनुपर्छ। राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा हुनुहुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad