कारोबार


१० बीमा कम्पनीले गरे एकीकृत कारोबार, बाँकीको कहिले?

१० बीमा कम्पनीले गरे एकीकृत कारोबार, बाँकीको कहिले?

नेपालखबर
चैत ६, २०७९ सोमबार १४:९, काठमाडौँ

नेपाल बीमा प्राधिकरणले पुँजी बढाउन निर्देशन दिएपछि १० बीमा कम्पनीहरुले एकीकृत कारोबार सुरु गरेका छन्। 

आठ निर्जीवन र दुई जीवन बीमा कम्पनीसहित १० वटा बीमा कम्पनीहरुले एकीकृत कारोबार थालेका हुन्।

प्राधिकरणले पुँजी बढाउन निर्देशन दिनुअघि २० वटा निर्जीवन बीमा कम्पनी र १९ वटा जीवन बीमा कम्पनीहरु रहेका थिए। 

अहिले १० वटा कम्पनीहरु मर्जरमा गएपश्चात् १६ निर्जीवन र १८ जीवन बीमा गरी ३४ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरु छन्।

मर्जर सम्झौता गरेर एकीकृत कारोबार गर्ने निर्जीवन बीमा कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियम इन्स्योरेन्स रहेका छन्। 

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरपश्चात् हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आइरहेका छन्।

त्यसैगरी सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स फागुन १८ गते बुधबार मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नामबाट कम्पनीको एकीकृत कारोबार सुरु भएको छ । 

यता सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी फागुन २९ गते मर्जर भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोवार कारोबार सुरु भएको छ ।

यस्तै सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले पनि कात्तिक ७ गतेदेखि सानिमा जीआईसीको नामबाट एकीकृत कारोबार गर्दै आइरहेको छ।

जीवन बीमातर्फ सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै आइरहेको छ।

मर्जर सम्झौता गरेका कुल बीमा कम्पनीहरुमध्ये ७ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीहरुले अझै एकीकृत कारोबारको सुुरु गर्नसकेका छैनन्।

एकीकृत कारोबार सुरु गर्न नसक्नेमा निर्जीवन बीमातर्फ युनाइटेड र अजोड इन्स्योरेन्स, आईएमई इन्स्योरेन्स कम्पनी (नेपाल) र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन ।

जीवन बीमातर्फ भने प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले हालसम्म एकीकृत कारोबार गर्न सकेका छैनन्।

गुराँस लाइफले कात्तिक ४ गते र प्राइम लाइफले पुस २४ गते मर्जरसम्बन्धी एक आपसमा मर्जरसम्बन्धी प्रस्ताव पारित गर्दै वार्षिक साधारणसभा सम्पन्न गरेको छ। युनियन लाइफले भने हालसम्म साधारणसभा बोलाएको छैन।

रिलायन्स र सानिमा लाइफले पुसको अन्तिममा, महालक्ष्मी लाइफ र प्रभु इन्योरेन्सले फागुनमा एकीकृत कारोबार योजना बीमा प्राधिकरणमा बुझाएका छन्।

बीमा प्राधिकरणले बीमा कम्पनीलाई पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै पुँजी पुर्याउन नसक्ने कम्पनीहरु मर्ज जान थालेका छन्। साथै प्राधिकरणले चुक्ता पुँजीको बढीमा ३० प्रतिशतसम्म मात्र हकप्रद सेयर जारी गर्न दिने जनाएको छ । 

बीमा कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म पुँजी वृद्धि गरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ। यता अन्तिमसम्म पनि केही राइट सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजनामा देखिन्छन्। 

प्रभु इन्स्योरेन्सले अजोड इन्स्योरेन्ससँग प्रारम्भिक सम्झौता पश्चात अजोडसँगको प्रक्रिया टुंग्याएको थियो । अजोडले भने युनाइटेड इन्स्योरेन्ससँग एमओयु गरेको छ। 

एकीकृत कारोबार सुरु गरेका कुन कम्पनीको कति पुँजी? 
सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । 

त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सको २ अर्ब ३० करोड १५ लाख रुपैयाँ, सानिमा जनरल र जनरल इन्स्योरेन्सको २ अर्ब रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६८ करोड रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी २ अबर्् ८० करोड रुपैयाँ पुँजी पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad