राजनीति


सभामुखमा सहमति जुटाउन ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता जारी

सभामुखमा सहमति जुटाउन ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता जारी

नेपालखबर
पुस १५, २०७६ मंगलबार ४:२८,

प्रतिनिधिसभाको सभामुख चयनबारे अहिले (मंगलबार बिहान) सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल भइरहेको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको हो।

दुई अध्यक्षबीच केही बेरअघि भेटवार्ता सुरु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

दुई अध्यक्षबीच सभामुख चयनलगायत समसामयिक विषयमा कुरा हुने बताइएको छ।

बलात्कार प्रयास आराेपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि असाेज १४ गतेदेखि यो पद रिक्त छ।

नेकपाले सभामुख चयनका विषयमा अझै निर्णय गर्न सकेको छैन। सभामुख पद पूर्वएमाले वा पूर्वमाओवादी कसले लिने भन्नेमा नेताहरू अझै सहमतिमा पुग्न सकेका छैनन्।

सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षले दाबी गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख एवम् नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने पूर्वमाओवादी पक्षले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अगाडि सारेका छन्।

पूर्वमाओवादी पक्षधर नेताले सभामुख नछाड्न प्रचण्डलाई दबाब दिइरहेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad