समाज


गोंगबुमा छोरीलाई बलात्कार गर्न खाेजेकाे आरोपमा बाबु पक्राउ

गोंगबुमा छोरीलाई बलात्कार गर्न खाेजेकाे आरोपमा बाबु पक्राउ

नेपालखबर
पुस १५, २०७६ मंगलबार ४:४९,

काठमाडौंको गोंगबुमा आफ्नै छोरीलाई बलात्कार गर्न खाेजेकाे आरोपमा बाबु पक्राउ परेका छन्। 

प्रहरीका अनुसार टोखा नगरपालिका वडा नम्बर ९, गोंगबु गणेशस्थान बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० घर भएका ४० वर्षीय गणेश तामाङलाई पक्राउ गरिएको हो।

उनले आफ्नै २२ वर्षीया छोरीलाई मंगलबार राति बलात्कार प्रयास गरेको आरोप लागेको छ।

अहिले आरोपित तामाङलाई महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा राखिएको छ भने पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रसूतिगृह थापाथली पठाइएको प्रहरीले जानकारी दिएको छ।

राति करिब साढे १ बजे आफ्नै छोरीलाई आफ्नै कोठामा बलात्कार गर्न खोजेको भन्ने खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले आरोपित गणेशलाई पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएपछि आरोपित गणेशलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याइएको थियो। उच्च रक्तचाप भएका उनलाई उपचारपश्चात् महानगरीय प्रहरी वृत्त महाराजगन्ज ल्याइएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ। घटनास्थल महाराजगन्ज महानगरीय प्रहरी वृत्तदेखि अन्दाजी ३ किमि पश्चिम पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad