ad ad

राजनीति


सवारी दुर्घटना घटाउन अध्ययन कार्यदल गठन

सवारी दुर्घटना घटाउन अध्ययन कार्यदल गठन

नेपालखबर
माघ १२, २०७९ बिहिबार १८:४२, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी प्रदुषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरण’बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ।

उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित उक्त सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेश गर्ने छ।

कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायात विज्ञ मधुसूदन आचार्य र इन्जिनियर विजय गौतम सदस्य छन्।

यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधिलाई समेत सदस्य तोकिएको उक्त कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .