कारोबार


सनराइज बैंकद्वारा सीआईबीलाई बैंकिङ सुरक्षा चेतना भिडिओ हस्तान्तरण

सनराइज बैंकद्वारा सीआईबीलाई बैंकिङ सुरक्षा चेतना भिडिओ हस्तान्तरण

नेपालखबर
माघ १२, २०७९ बिहिबार १८:४४, काठमाडौँ

बैंकिङ्ग पहुँच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोग संगै यसमा सतर्कता अपनाउनु पनि उत्तिकै आवश्यक देखिएको छ।

साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन्। 

हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर बैंकले ‘कुशल’ नामक चेतनामूलक भिडिओ बनाएर केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गरेको छ।  

बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई उक्त भिडिओ हस्तान्तरण गरेका थिए।

उक्त भिडिओमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामूलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। 

उक्त भिडिओ प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फतसमाजमा पु¥याएर चेतना बढाउन मदत गर्ने जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .