ad ad

राजनीति


दार्चुला घटनाबारे परराष्ट्रले पठायो भारतलाई कूटनीतिक नोट, के छ पत्रमा?

दार्चुला घटनाबारे परराष्ट्रले पठायो भारतलाई कूटनीतिक नोट, के छ पत्रमा?

सन्तोष घिमिरे
कात्तिक १३, २०७९ आइतबार १४:१२, काठमाडौँ

सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ। 

स्रोतका अनुशार उक्त घटनाबारे आइतबार बिहान काठमाडौंस्थित भारतीय दूतावासलाई परराष्ट्रले ‘कूटनीतिक नोट’ पठाएको हो। 

कूटनीतिक नोटमा परराष्ट्रले भारत सरकारलाई मुख्यगरी तिन आग्रह गरेको छ। पहिलो, भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न, दोश्रो त्यस्ता कार्य गर्दा विशेष सावधानी अपनाउन र तेश्रो मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिन। 

‘भारतीय पक्षलाई कुटनीतिक नोट पठाएका छौँ’ परराष्ट्रका एक अधिकारीले भने। उनका अनुशार गृह मन्त्रालयले घटनाबारे परराष्ट्रमा पठाएको स्थलगत प्रतिवेदनका आधारमा भारतलाई पत्र लेखिएको हो। 

‘बाहिर संचारमाध्यममा आएजस्तो परराष्ट्रले उक्त घटनाप्रति चासो नदिएको भन्ने कुरा सत्य होइन। गृह मन्त्रालयले पठाएको स्थलगत प्रतिवेदन आज बिहान मात्रै पाएका हौँ। हामीले गृहको प्रतिवेदन नआउँदै भारतलाई पत्र लेख्नु उपयुक्त ठानेनौँ’ मन्त्रालयका जानकार अधिकारीले नेपालखबरसँग भने। 

स्रोतका अनुशार घटनाबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ।
भारतले उक्त घटनामा गल्ती स्वीकार गरिसकेको छ। 

शनिबार पीडित परिवारसँगको छलफलका क्रममा भारतीय पक्षले गल्ती स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले नेपालखबरलाई बताएका थिए।

बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रतिबद्दता भारतीय पक्षबाट आइसकेको छ। उता विस्फोट गराउने निजी कम्पनी भएकाले आफूहरुलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिइनुपर्ने पीडित परिवारको माग छ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो।

घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारत गएको थियो। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती गरेकोले यथाशीघ्र यस्तो गतिविधि रोक्न उनीहरुले भारतीय पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .